नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । प्राधिकरणलले दैनिक ३ घन्टा लोडसेडिङ बढाएर दैनिक ९ घन्टा पुर्याएको छ । मंगलबारदेखि दैनिक तीन पटक लोडसेडिङ हुनेछ । हप्तामा एक दिन भने बिहान र बेलुका गरी दुईपटकमात्र लोडसेडिङ हुनेछ । नदीमा जलस्तर घट्न थालेपछि विद्युत उत्पादन घटेको भन्दै प्राधिकरणले सातामा ६३ घन्टा लोडसेडिङ गर्ने तय गरेको हो । मागभन्दा करिव साढे ४ सय मेगावाट विद्युत् आपूर्ति अपुग भएपछि लोडसेडिङ बढाएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रवन्धक भुवनकुमार क्षेत्रीले बताए । गत वर्ष भने मंसिरको पहिलो साता १२ घन्टासम्म लोडसेडिङ भएको थियो । स्पस्ट फोटो हेर्न फोटोमाथि क्लिक गर्नुहोस
लोडसेडिङको नयाँ तालिका
![](http://2.bp.blogspot.com/--KxqkWuo8FA/Uq8CYN6DeLI/AAAAAAAAACg/dc1pfItyGDw/s640/capture-20131216-192104gf.jpg)
डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस । For Any Mobile For android
No comments for: "लोडसेडिङ ३ घन्टा बढ्यो, मंगलबारदेखि दैनिक ९ घन्टा बत्ती जाने | तालिका तथा डाउनलोड"
Leave a Reply